जोडिनुहोस
  • होमपेज
  • भरूवा बन्दुकसहित दुईजना पक्राउ

भरूवा बन्दुकसहित दुईजना पक्राउ

काठमाडौं । कैलाली र पाल्पामा भरूवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका–१२, नकफोडुवा बस्ने ३७ वर्षीय मोहनबहादुर खत्रीलाई भरूवा बन्दुक तीन थानसहित प्रहरीेले पक्राउ गरेको छ । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको जनाइएको छ ।

त्यस्तै, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वर बस्ने ३६ वर्षीय इश्वर कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इश्वरले सोमबार राति जंगलमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा त्यसको छर्रा लागेर सोही ठाउँ बस्ने ३४ वर्षीय टोपबहादुर कुमाल घाइते भएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका