जोडिनुहोस
  • होमपेज
  • करेन्ट लागेर तीन जनाको मृत्यु

करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार इलामको फाकफोकथुम गाउँपालिका-६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुल बहादुर विकको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । घरबाट सोही ठाउँस्थित फुस्रे गाउँतर्फ जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यसैगरी सिराहाको लहान नगरपालिका-२२ बेल्ही बस्ने २५ वर्षीया गीता चौधरीको करेन्ट लागेर मंगलबार बेलुकी मृत्यु भएको छ । आफ्नै घरको आँगनमा मोटर जडान गरेको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङको धुनिवेशी नगरपालिका-५ फुरौलेस्थित टिनको छाप्रोमा पनि विद्युत जोड्ने क्रममा करेन्ट लागेर उदयपुर घर भएका ३५ वर्षीय दिलिप राउतको मंगलबार बेलुकी मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका