जोडिनुहोस
  • होमपेज
  • कवाडी व्यवसायीलाई सांसद सिंहले भने- फोहोर काठमाडौं महानगर र बालेनको घरअगाडि थुपारौं

कवाडी व्यवसायीलाई सांसद सिंहले भने- फोहोर काठमाडौं महानगर र बालेनको घरअगाडि थुपारौं

प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरूलाई फोहोर काठमाडौं महानगरको कार्यालय र मेयर बालेन शाहको घरअघि थुपार्न आग्रह गरेका छन्।

महानगरका मेयरले केही समयअगाडि सडक विभागमा फोहोर थुपारेको भन्दै उनले कवाडी व्यवसायीलाई महानगर र मेयरको घरअगाडि फोहोर थुपार्न भनेका हुन्।

‘बालेनजी, यहीँको मेयरले सिकाएको छ काम भएन भने त्यही फोहोर थुपार्ने हो। उहाँले नै सडक विभागअघि फोहोर थुपारेको छ,’ बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘तमाम कवाडी संघलाई आग्रह गर्न चाहन्छु- सबै फोहोर महानगरपालिका र बालेन शाहको घरअगाडि थुपारौं, त्यसका लागि हामी साथमा छौं।’

मेयरले सिकाएअनुसार नै यस्तो काम गर्नुपर्ने उनले बताए। ‘अस्ति भर्खर सडक विभागअगाडि उहाँले दुई टिपर फोहोर थुपार्नुभएको थियो,’ उनले भने।  कवाडी व्यवसायीहरूमाथि प्रहरीले लाठीचार्ज गरेको र ट्रमा सेन्टरमा उपचार भइरहेको उनले बताए। घाइतेहरूको नि:शुल्क उपचार गर्न पनि सरकारसँग उनले माग गरेका छन्। कवाडीले काठमाडौं महानगरभित्र व्यापार गर्न नपाएको र अदालतको आदेश पनि महानगरले नमानेको सिंहको भनाइ छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका