सत्ता साझेदार नेकपा (एमाले)की सांसद मेनका कुमारी पोखरेलले सुरक्षा निकायका जवानहरूलाई अन्य तालिमसँगै मनोविमर्शको तालिम पनि दिनुपर्ने बताएकी छन्।
बुधबार प्रितिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पोखरेलले सेना र प्रहरी जवानहरू मनोविचलनका शिकार हुँदै गएकाले उनीहरूलाई मनोविमर्शको तालिम पनि अनिवार्य गरिनुपर्ने बताएकी हुन्।
‘आज यहीँ परिसरभित्र त्यो घटना दोहोरिएको छ,’ उनले भनिन्। बुधबार बिहान संसद भवनमा सुरक्षामा खटिएका एक जना जवानले आफैँमाथि गोली प्रहार गरेका थिए। ‘मैले पटकपटक भन्दै आएकी थिएँ। गम्भीरतारका साथ लिएर सबै निकायहरूमा तालिममसँगै मनोविमर्शको विषयलाई अनिवार्य समावेश गर्नका लागि ध्यानाकर्षण गर्छु,’ उनले भनिन्।सांसद पोखरेलले विद्यालयमा पनि मोनविमर्शसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्न माग गरेकी छन्।