जोडिनुहोस
  • होमपेज
  • दुबईमा रहेकी प्रेमिकासँग विवाद हुँदा भिडियो कल गरेर आफैँलाई गोली हानेका थिए गोलेले

दुबईमा रहेकी प्रेमिकासँग विवाद हुँदा भिडियो कल गरेर आफैँलाई गोली हानेका थिए गोलेले

काठमाडौं । काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका अजित गोलेले प्रेमिकासँगको विवादका कारण गोली हानेर आत्महत्या गरेको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दुबईमा रहेकी प्रेमिकासँग विवाद हुँदा भिडियो कल गरेर गालेले आफैँले बोकेको राइफलले अनुहारमा गोली हानेर आत्महत्या गरेको खुलेको प्रहरी स्रोतले बताएको छ ।

“हाम्रो प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमिकासँगको विवादका कारण आफैँले गोली हानेर आत्महत्या गरेको देखिएको छ । दुबईमा रहेकी प्रेमिकालाई म्यासेज तथा भिडियो कल समेत गरेको देखिन्छ,” अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।

प्रहरीका अनुसार प्रेमिकालाई गोलेले आफ्नै खर्चमा दुबई पठाएको समेत खुलेको छ । प्रहरीको कार्यदलबाट बानेश्वर संसद् भवनमा खटिएका गोलेले बुधबार बिहान ड्युटीमै खटिएका बेला शौचालयमा पुगेर राइफलले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए । उनले ८ बजेर २ मिनेट जाँदा गोली हानेको अनुमान गरिएको प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए । गोलेको ड्युटी बिहान ६ बजेदेखि १० बजेसम्म राखिएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका