जोडिनुहोस
  • होमपेज
  • नेपालमा बीवाइडी गाडी बिक्री गर्ने साइमेक्स इंकमा राजश्वको छापा, राजश्व अनुसन्धानद्धारा कागजपत्र नियन्त्रण

नेपालमा बीवाइडी गाडी बिक्री गर्ने साइमेक्स इंकमा राजश्वको छापा, राजश्व अनुसन्धानद्धारा कागजपत्र नियन्त्रण

काठमाडौँ । नेपालमा आक्रामक रुपमा विद्युतीय गाडी बीवाइडी बिक्री गर्ने साइमेक्स इंकमाथि राजश्व छलीमा अनुसन्धान सुरु भएको छ । उक्त कम्पनीमा छापा हानेर कागजात जफत गरेको विभागले जनाएको छ ।

भन्सार छलेर गाडी भित्र्याइएको सूचना पछि अनुसन्धान सुरु गरिएको विभागका महानिर्देशक चक्र बहादुर बुढाले बताए । ‘भन्सार छलीको सूचना पछि विभागले केही कागजात जफत गरेको छ,’ महानिर्देशक बुढाले भने,‘ केही कागजात माग गरेका छौँ । थप अनुसन्धान पछि हामी निष्कर्षमा पुग्छौँ ।’

विद्युतीय गाडीले किलोवाट घटाएर भन्सार छलेको भन्दै भन्सार विभागले पनि छुट्टाछुट्टै अनुसन्धान गरिरहेको जनाएको छ । वीवाइडीमाथि भन्सार र अन्तशुल्क छल्न आफूले आयात गरेको गाडीको भन्सार घोषणा किलोवाट क्षमता घटाएर गरेको आरोप छ । नेपालमा निकै लोकप्रिय बनिरहेको उक्त कार राजश्व छलीमा दोषी देखिए झण्डै ४ अर्ब रुपैयाँ बिगो र जरिवानाको भागिदार हुन सक्ने प्रारम्भिक अनुमान छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका