जोडिनुहोस
  • होमपेज
  • मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ : रमेश लेखक

मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेटको मुख्य मान्यतामा नै त्रुटि भएको बताए ।

उनले मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने विषयले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए । यो शक्ति र सत्ताको दुरुपयोग भएको उनको भनाइ छ ।

“बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मुल मान्यतामा नै त्रुटि भयो । मन्त्रीजीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो । यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो,” उनले भने ।

लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्ने बताए । “मन्त्रीलाई बजेट विनियोजन कसरी गर्नुभयो भनेर प्रश्न गर्नुपर्छ र मन्त्रालयको बजेट संशोधन गर्नुपर्छ । होइन भने प्रधानमन्त्री र अर्थमन्त्रीजी नै यो बजेटमा बेठिक ढंगले वितरण गर्ने ढंगमा संलग्न हुनुहुथ्यो भन्ने निस्कर्षमा हामी पुग्छौँ,” उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका