जोडिनुहोस
  • होमपेज
  • संसदीय छानबिन विशेष समितिमा कानुनी पाटोबारे छलफल

संसदीय छानबिन विशेष समितिमा कानुनी पाटोबारे छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा कानुनी पाटोबारे छलफल भएको छ ।

बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।

समितिका सभापति सूर्य थापाले कानुनी स्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडलगायत विषयमा छलफल भएको बताए । उनले भने, ‘आजको बैठकमा छानबिनको क्रममा आइपर्ने विविध पक्षका सन्दर्भमा कानुनी प्रबन्ध लगायतका विषयमा छलफल गरेका छौँ ।’

थापाले आन्तरिक प्रतिवेदन संकलनको काम जारी रहेको बताए । समितिको अर्को बैठक १० असारमा बस्नेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका