जोडिनुहोस
  • होमपेज
  • टी-२० को अलराउन्डर वरीयतामा छैटौँ स्थानमा उक्लिए दीपेन्द्र

टी-२० को अलराउन्डर वरीयतामा छैटौँ स्थानमा उक्लिए दीपेन्द्र

क्रिकेटर दीपेन्द्र सिंह ऐरीकाे पुरुष टी-२०मा अलराउण्डरको आइसिसी वरीयतामा सुधार गरेका छन् । यसअघि नवाैँ स्थानमा रहेका उनी छैटौँ स्थानमा उक्लिएका छन् ।

दीपेन्द्रले हालै टी-२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरीयतामा सुधार भएको हो । आइसिसीले हालै सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौँ स्थानमा उक्लिएका हुन् ।

टी-२० को अलराउन्डर वरीयताको शीर्ष स्थानमा अफगानिस्तानका मोहमद नावीलाई पछि पार्दै अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्ष स्थानमा उक्लिएका छन् । त्यस्तै दोस्रो स्थानमा बंगलादेशका शकिब अल हसन रहेका छन् । यसअघि चौथो स्थानमा रहेका शकिबले दुई स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

त्यस्तै यसअघि शीर्ष स्थानमा रहेका नावी भने चौथो स्थानमा झरेका छन् । त्यस्तै, पाँचौँ स्थानमा जिम्बाबेका सिकन्दर राजा रहेका छन् । दीपेन्द्रपछि भारतका हार्दिक पाण्डेय सातौँ स्थानमा रहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका