जोडिनुहोस
  • होमपेज
  • सिरहाको बलान नदीमा अस्थायी तटबन्ध निर्माण गरिँदै

सिरहाको बलान नदीमा अस्थायी तटबन्ध निर्माण गरिँदै

सिरहा– सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी किनाराको कटान रोक्न सुरक्षाकर्मीले अस्थायी तटबन्ध निर्माण थालेको छ ।

सप्तरी जिल्ला विपद व्यवस्थान समितिको निर्णयअनुसार मनसुन प्रतिकार्य योजनाअन्तर्गत तटबन्ध निर्माण थालिएको हो ।

बलान विहुल गाउँपालिका– ४ बेल्हीस्थित निर्माणाधीन बाँधमा बाढीले कटान गरेपछि सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक महेश कार्कीको नेतृत्वमा ३० जना सशस्त्र प्रहरी र नेपाली सेना बरख गण राजविराजबाट १५ जना नेपाली सेनाका जवान र नेपाल प्रहरी चौकी बेल्ही, सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेल्हीका प्रहरीसहितको टोलीले तटबन्ध निर्माण थालेको हो ।

गत वर्ष जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले बलान नदी नियन्त्रण योजनाअन्तर्गत तीन करोड ९९ लाख १७ हजार आठ सय ८५ को लागतमा बाँध बनाएको थियो । तर गत वर्षको अविरल वर्षाले बाँध भत्काएपछि जिल्ला विपद व्यवस्थान समितिको अगुवाइमा तटबन्ध निर्माण थालिएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका