जोडिनुहोस
  • होमपेज
  • इरानको ‘आईआरजीसी’लाई क्यानडाले गर्‍यो आतंककारी घोषणा

इरानको ‘आईआरजीसी’लाई क्यानडाले गर्‍यो आतंककारी घोषणा

ओटावा । क्यानडाले इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कप्र्स (आईआरजीसी)लाई आतंककारी घोषणा गरेको छ । विपक्षी विधायक र इरानी डायस्पोराका केही सदस्यको वर्षौँदेखिको दबाबका कारण क्यानडा सरकारले उक्त संगठनलाई आतंककारी घोषणा गरेको हो ।

त्यसबारको निर्णय बुधबार सार्वजनिक गरिएको छ । सार्वजनिक सुरक्षासम्बन्धी मन्त्री डोमिनिक लेब्लान्कले उक्त घोषणा विश्वव्यापी आतंकवादविरुद्ध लडाइँका निम्ति महत्त्वपूर्ण ‘उपकरण’ भएको जनाएका छन् ।

यो निर्णयको अर्थ इरानी सरकारी र आईआरजीसीका अधिकारी अब क्यानडा प्रवेश गर्न पाउने छैनन् । आईआरजीसीलाई इरानमा विशेष गरी सेना, राजनीति र आर्थिक गतिविधिमा संलग्न बलका रूपमा लिने गरिएको छ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनईसँग आईआरजीसीको निकट सम्बन्ध रहेको मानिन्छ । यसअन्तर्गत ग्राउन्डफोर्स, नाभी र एयरफोर्समा एक लाख ९० हजार मानिस सक्रिय रहेका जनाइएको छ । बीबीसीबाट ।

धेरै टिप्पणी गरिएका