जोडिनुहोस
  • होमपेज
  • ठूलो मात्रामा कोकिनसहित पाँच विदेशी नागरिक पक्राउ

ठूलो मात्रामा कोकिनसहित पाँच विदेशी नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा लागुऔषध कोकिनसहित पाँचजनालाई पक्राउ गरेको छ । बोलिभिया र तान्जेनियाका नागरिकबाट चार किलोभन्दा बढी कोकिन बरामद गरिएको ब्युरो स्रोतले जानकारी गराएको छ ।

पक्राउ परेका मध्ये एक भारतीय नागरिक समेत छन् । कोकिन कसरी र कहिले नेपाल भित्र्याइयो भन्नेबारे ब्युरोले बिहीबार (आज) पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट फरक–फरक मितिमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका