जोडिनुहोस
  • होमपेज
  • कांग्रेसभित्र महिलालाई अन्तरघात गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : देउवा

कांग्रेसभित्र महिलालाई अन्तरघात गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र महिलाहरूलाई अन्तरघात गर्ने प्रवृत्ति बढेको बताएका छन् । लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्य योजना निर्माण विषयक कार्यशाला गोष्ठीमा उनले पार्टी अन्तरघातबाट मुक्त हुने हो भने महिलाहरूलाई अझ बढी मौका मिल्ने विश्वास लिएको बताए ।

उनले भने, ‘महिलाहरूलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ । यसबाट मुक्त गराउन सके महिलाहरूलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु । साथै, अहिले महिलाहरूको अधिकारका लागि, समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै आवाज उठेको छ । त्यही हिसाबमा नेपालमा पनि महिला राष्ट्रपति समेत भइसक्नुभयो । विद्या भण्डारीजी दुई पटक राष्ट्रपति हुनुभएको छ । भोलिका दिनमा पनि यस्तै ठाउँहरू महिलाहरूले पाउनु हुनेछ । महिलाहरूले त्यस किसिमको योग्य, सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ ।’

यस्तै, नेपालीको राजनीतिक परिवर्तनमा महिलाहरूको अग्रणी भूमिका रहेका रहेको पनि बताए । उनले भने, ‘महिलाहरूको धेरै ठूलो योगदान रहेको छ । नेपालीको राजनीतिक परिवर्तनमा र भोलिको दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भूमिका रहेको खण्डमा सबै ठाउँमा महिलाहरूलाई समावेशी, समानुपातिकको रूपमा महिलाहरूलाई ठाउँ दिइएको छ । त्यसले गर्दा महिलाहरूको भूमिका अझ बढी प्रभावकारी र सशक्त हुने कुरामा मलाई विश्वास छ ।’

निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्ने सन्दर्भमा नहार्ने खालको तयारीका साथ महिला सशक्तीकरणको अभियान अघि बढाउनुपर्ने पनि उनको भनाइ छ ।

धेरै टिप्पणी गरिएका