जोडिनुहोस
  • होमपेज
  • बोइङ दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले मागे २५ अर्ब डलर क्षतिपूर्ति

बोइङ दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले मागे २५ अर्ब डलर क्षतिपूर्ति

वाशिङ्टन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङ्को दुई वटा ७३७ म्याक्स विमानमा परेर ज्यान गुमाउने यात्रीहरूको परिवारले कम्पनीसँग झन्डै २५ अर्ब डलर क्षतिपूर्ति मागेका छन् ।

अमेरिकाको उड्ययन इतिहासमा सबैभन्दा बढी जनाको ज्यान जाने गरी भएको दुर्घटनाका लागि पीडितका परिवारले अभियोजनकर्तासँग बोइङलाई २४ अर्ब ८० करोड डलर जरिवाना तिराउन भनेका हुन् । रकम उचित भएको र बोइङको अपराधका कारण भएको मानवीय क्षतिलाई विचार गर्दा उपयुक्त पनि भएको पीडितका परिवारतर्फका वकिल पल कासेलले बताए ।

बीबीसीले देखेको ३२ पृष्ठ लामो पत्रमा अमेरिकी सरकारले ३४६ जनाको ज्यान जाने गरी सन् २०१८ र सन् २०१९ मा भएको ती दुर्घटनामा कम्पनीमाथि मुद्दा चलाउनु पर्ने बताइएको छ । सन् २०१८ को अक्टोबरमा जकार्ताबाट उडेको १३ मिनेटमै जाभा समुद्रमाथि लायन एयरको विमान दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो । त्यसको ५ महिनामै इथियोपियन एयरलाइन्सको विमान राजधानी एडिस आबाबाबाट उडेको ६ मिनेटमै दुर्घटना ग्रस्त हुँदा विमानमा सवार १५७ जनाको मृत्यु भएको थियो । फ्लाइट कन्ट्रोल सिष्टममा त्रुटिका कारण ती दुर्घटना भएको पाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका