जोडिनुहोस
  • होमपेज
  • मधेशको योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त

मधेशको योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएका छन् ।

बिहीबार मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् । साहले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका छन् । डा. साह यसअघि जनमत पार्टी सरकारमा रहँदा उसको कोटामा नीति तथा योजना आयोगको सदस्य भएका थिए । जनमतले ९ माघमा सरकार छाडेपछि तत्कालीन सरकारले साहलाई बर्खास्त गरेको थियो ।

धेरै टिप्पणी गरिएका