जोडिनुहोस
  • होमपेज
  • जापानमा एक हजार नाघ्यो ‘स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम केस’

जापानमा एक हजार नाघ्यो ‘स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम केस’

जापानमा सन् २०२४ मा स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम एसटीएससका ‘केस’ एक हजार नाघेको छ । राष्ट्रिय संक्रामक रोग संस्थानले यसबारेमा जानकारी गराएको हो । यो वर्षको सुरुदेखि देशमा संक्रमितको प्रारम्भिक संख्या एक हजार १९ पुगेको एनआईआईडीको तथ्यांकले देखाएको छ । विगतका वर्षहरूको तुलनामा यो गम्भीर ब्याक्टेरिया संक्रमणको फैलावटमा उल्लेख्य वृद्धि भएको देखाएको छ । एसटीएसस – जसलाई गम्भीर आक्रामक स्ट्रेप्टोकोकल संक्रमण पनि भनिन्छ, यो अचानक सुरु हुने रोग हो । मुख्य रूपमा ग्रुप ‘ए’ स्ट्रेप्टोकोकसको कारणले हुन्छ ।

जापानमा फैलिएको ४८ घण्टामा मृत्यु गराउने संक्रमण कस्तो हो ? नेपालमा कति जोखिम ?
प्रारम्भिक लक्षणहरूमा सामान्यतया घाँटी दुख्ने, ज्वरो आउने, भोक नलाग्ने, पखाला लाग्ने, बान्ता हुने र अरू ग्यास्ट्रोइन्टेस्टाइनल समस्या देखिन्छ । साथै, कम रक्तचापजस्ता सेप्टिक लक्षण देखिन्छ । तुरुन्तै उपचार नगरिए यसबाट श्वासप्रश्वासको विफलता, कलेजो, मिर्गौला र बहु–अंग ‘फेल’ हुनसक्छ । यसको मृत्युदर ३० प्रतिशतभन्दा बढी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका