जोडिनुहोस
  • होमपेज
  • सन् २०२३ मा विश्वभर जीवाश्म इन्धनको प्रयोग अहिलेसम्मकै उच्च विन्दुमा ; अध्ययन

सन् २०२३ मा विश्वभर जीवाश्म इन्धनको प्रयोग अहिलेसम्मकै उच्च विन्दुमा ; अध्ययन

गएको अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२३ मा पेट्रोल, डिजल, कोइलालगायतका जीवाश्म इन्धनको खपत अहिलेसम्मको धेरै भएको छ ।

विश्व ऊर्जा रिपोर्टको अध्ययनअनुसार सन् २०२३ मा नवीकरणीय ऊर्जा प्रयोगम केही वृद्धि भए पनि जीवाश्म इन्धनको प्रयोगले रेकर्ड बनाएको हो ।विश्वको तापक्रम १ दशमलव ५ डिग्रीभन्दा धेरै बढ्न नदिन जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्ने अपरिहार्य आवश्यकताका बीचमा यसको प्रयोग बढ्नु चिन्ताको विषय भएको अध्ययन रिपोर्टमा उल्लेख छ ।

यो रिपोर्टले सरकारहरू, विश्वका नेताहरू र विश्लेषकहरूलाई आउँदो चुनौतीबारे राम्रोसँग जानकारी दिएको विश्व ऊर्जा रिपोर्ट प्रकाशन गर्ने संस्था केर्नीका रोमेन डेबारेले बताउनुभएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा देशले रुसको तेल र ग्यास आयातमा प्रतिबन्ध लगाएका थिए ।

त्यसपछि उनीहरूले कोइलाको प्रयोग बढाउँदा प्रदूषण झनै बढेको पनि रिपोर्टमा उल्लेख छ । युरोपमा औद्योगिक क्रान्तिपछि पहिलो पटक जीवाश्म इन्धनको ऊर्जाको हिस्सा ७० प्रतिशतभन्दा तल झरेको छ । तर विश्वव्यापी रूपमा जीवाश्म इन्धनको प्रयोग बढ्नु अर्को चिन्ताको विषय हो । भारतमा पछिल्लो १० वर्षमा पेट्रोलियम पदार्थको खपत दोब्बर भएको विषयलाई पनि रिपोर्टले चिन्ताजनक भनेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका