जोडिनुहोस
  • होमपेज
  • माल्टा पठाउँछु भन्दै ठगी गर्ने जोशी पक्राउ

माल्टा पठाउँछु भन्दै ठगी गर्ने जोशी पक्राउ

काठमाडौं । प्रहरीले केशवराज जोशीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भन्दै ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा जोशीलाई पक्राउ गरेको हो ।

शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बबरमहलबाट पक्राउ गरेको कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।

वैदेशिक रोजगार विभागको पत्राचार पछि उनी पक्राउ परेका हुन् । जोशीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

धेरै टिप्पणी गरिएका