जोडिनुहोस
  • होमपेज
  • ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार

ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार

काठमाडौँ । ललितपुरको गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात व्यक्तिहरूले खुकुरी प्रहार गर्दा भैंसेपाटी घर भएका मनोज कुमार बानियाँ घाइते भएका छन् ।

बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन् । ४ जनाले खुकुरी प्रहार गरेको भागेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए । उनको टाउको र हातमा चोट लागेको छ । उनको मेडिसिटी अस्पतालमा उपचार हुँदैछ ।

 

धेरै टिप्पणी गरिएका