जोडिनुहोस
  • होमपेज
  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर–सुडा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेश विकका अनुसार गएराति महेन्द्रनगरबाट दैजीतर्फ गइरहेको से१त २२६८ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा मोटरसाइकल चालक २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको हो । दैजीतर्फ गइरहेको ट्रयाक्टरमा सोही दिशातर्फ गइरहेको सुप प्र ०२००३ प ६९७० नम्बरको मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार मनोज चौधरी घाइते भएका छन् । उनको कैलालीको धनगढीमा उपचार भइरहेको छ । प्रहरीले ट्रयाक्टर चालक रामु रानालाई नियन्त्रणमा लिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका