जोडिनुहोस
  • होमपेज
  • पोखरामा राइड शेयरिङ सञ्चालनमा रोक

पोखरामा राइड शेयरिङ सञ्चालनमा रोक

कास्कीको पोखरामा राइड शेयरिङ एप मार्फत् यात्रु बोक्ने काम तत्कालका लागि सञ्चालनमा रोक लगाइएको छ । अनधिकृत रूपमा एप मार्फत् भइरहेको राइड शेयरिङ गरी यात्रु बोक्ने काम तत्कालका लागि बन्द गरिएको यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ ।कार्यालयले एक सूचनामार्फत एपबाट यात्रु बोक्ने काम तत्कालका लागि बन्द गर्न अनुरोध गरेको छ । सूचनाको अटेर गरी यात्रु बोक्नेलाई कारबाही गर्ने सूचनामा उल्लेख छ ।

यातायात व्यवस्था कार्यालय सवारी पोखराका प्रमुख डिल्लीराम रिजालले कानुन विपरीत निजी साधनले राइड शेयरिङ सेवा सञ्चालन गरिरहेको पाइएकाले त्यसलाई रोक लगाइएको बताउनुभयो । सूचनाको पालना भएरनभएको बारेमा प्रहरीको सहयोगमा अनुगमन गर्ने पनि उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशमा ुराइड शेयरिङु एपमार्फत् हुने यातायात सेवालाई वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि बनेको छैन । नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे गाडीले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ । साथै यातायात कार्यालयले नै सार्वजनिक गाडीका लागि भाडादर तोक्ने गर्छ । तर अहिले ुएपु बनाएर सञ्चालन हुँदै आएका राइड शेयरिङ सेवामा भाडादर आफैँ लागू गर्ने गरेका छन् । गण्डकी प्रदेशमा राइड शेयरिङ सेवा गैरकानुनी रहेको छ । मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी राइड शेयरिङ दर्ता हुन पाउने छन् । नेपालमा पठाओ, टुटल, सहारा, इनड्राइभ, सजिलो, ट्याक्सिमान्डु लगायत राइड शेयरिङ एप सञ्चालनमा छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका