जोडिनुहोस
  • होमपेज
  • गाजामा रेड क्रसको कार्यालय नजिकै रकेट आक्रमण, २२ जनाको ज्यान गयो

गाजामा रेड क्रसको कार्यालय नजिकै रकेट आक्रमण, २२ जनाको ज्यान गयो

रेस क्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीले गाजामा रहेको आफ्नो कार्यालय नजिक भएको आक्रमणमा कार्यालय परिसरमा शरण लिइरहेका २२ जनाको ज्यान गएको बताएको छ । रेड क्रसले शुक्रवार दिउँसो ठूला रकेट अन्तर्राष्ट्रिय समितिको कार्यालय र आवास नजिकै खसेको बताएको बीबीसीले जनाएको छ ।

आक्रमणबाट आईसीआरसी कार्यालय क्षतिग्रस्त भएको छ जहाँ आईसीआरसीका प्यालेस्टिनी सहयोगीसहित सयौँ विस्थापित मानिसहरू भवन परिसरमा पालमा बस्दै आएका थिए । रकेट आक्रमणमा अन्य ४५ जना घाइते भएका खबरमा उल्लेख छ । घटनाबारे इजरायली सुरक्षा बल ९आईडीएफ० का प्रवक्ताले आईडीएफले त्यस क्षेत्रमा कुनै कारबाही नगरेको र घटनाबारे समीक्षा गरिरहेको बताएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने यो आक्रमणका लागि इजरायललाई जिम्मेवार ठहराएको छ ।

गएको अक्टोबर ७ तारिखमा हमासका लडाकुले इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । त्यसपछि इजरायलले गाजामा अन्धाधुन्ध आक्रमण गरिरहेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ तारिखदेखि अहिलेसम्म इजरायली आक्रमणबाट ३७ हजार जनाभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको छ । मारिनेमा धेरै महिला र बालबालिका रहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका