
एक समूहले आफूलाई प्रहरी कर्मचारी बताउँदै भक्तपुरमा लुटपाट गरेको छ ।
मंगलबार राति एक समूहले भक्तपुरको दधिकोटस्थित एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेको हो ।
भक्तपुर प्रहरीका अनुसार उक्त समूह घरको खानतलासीका लागि भन्दै प्रवेश गरेको थियो । सीसीटीभी फुटेजमा चार–पाँच जनाको समूह व्यवसायीको घरमा गएको देखिएको प्रहरीले जनाएको छ ।
यद्यपि, उनीहरुको पहिचान खुलिसकेको छैन र हालसम्म कोही पक्राउ परिसकेको छैन । भक्तपुर प्रहरीले घटनाबारे सीसीटीभी लगायतको आधारमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।