जोडिनुहोस
  • होमपेज
  • टर्कीको जंगलमा डढेलो : मृत्यु हुनेको संख्या ११ पुग्यो

टर्कीको जंगलमा डढेलो : मृत्यु हुनेको संख्या ११ पुग्यो

टर्की । दक्षिणपूर्वी टर्कीमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताएका छन् ।

मन्त्रीले अन्य ७८ जना आगोबाट प्रभावित भएको बताए । जसमा पाँचजना बिरामी अझै सघन हेरचाह्रमा रहेको बताइएको छ । बिहीवार रातिबाट लागेको आगो दियारबाकिर प्रान्तको सिनार जिल्ला र मार्डिन प्रान्तको माजिदागी जिल्लामा फैलिएको छ ।

हावाको कारण आगोले द्रुत गतिमा ठूलो क्षेत्रलाई प्रभावित बनाएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

धेरै टिप्पणी गरिएका