जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • भारतीय विश्वविद्यालयलाई ठगी मुद्दा चलाउन शिक्षामन्त्री श्रेष्ठको सिफारिस

भारतीय विश्वविद्यालयलाई ठगी मुद्दा चलाउन शिक्षामन्त्री श्रेष्ठको सिफारिस

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पैसा लिएर मानार्थ विद्यावारिधि (पीएचडी) उपाधि दिन लागेको भारतीय विश्वविद्यालयलाई ठगी मुद्दा चलाउन सिफारिस गरेकी छिन् ।

मन्त्री श्रेष्ठले भारतको ‘सोक्रेट्स सोसियल रिसर्च युनिभर्सिटी’ नाम गरेको संस्थाले रकम लिइ मानार्थ विद्यावारिधि उपाधि दिन लागेको भन्दै गृह मन्त्रालयमा कारबाही सिफरिस गरेकी हुन् ।

रकम लिएको भरमा पुरस्कार तथा उपाधि प्रदान गर्नु ठगी भएको भन्दै उनले गृह मन्त्रालयलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेकी छिन् । सो विश्वविद्यालयले नेपालमा कार्यक्रम गर्नुअघि शिक्षा मन्त्रालयसँग स्वीृकति नलिई तथा कुनै जानकारी नगराई कार्यक्रम गरेकोमा समेत कारबाही गर्न सिफारिस गरिएको छ ।

सोक्रेट्स विश्वविद्यालयले शनिबार पर्यटन बोर्डमा एक कार्यक्रम राखी ५१ हजार नेपाली रुपैयाँ लिएर मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने भन्दै प्रचार गरेको थियो । यस्तै, ‘इन्टरनेसनल गौरव अवार्ड’का निम्ति भन्दै २१ हजार नेपाली रुपैयाँ उठाइएको पाइएको थियो । तर शिक्षा मन्त्रालयको ध्यानाकर्षण र निगरानीपछि शनिबारको कार्यक्रम रद्द गरी आयोजक संस्था गुपचुप बसेको थियो । यस्ता विकाउ उपाधि र पुरस्कारको पछि नलाग्न मन्त्री श्रेष्ठले सबैमा अपिल समेत गरेकी छिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका