जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै अभिलेख गर्न माग

राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै अभिलेख गर्न माग

काठमाडौं । राष्ट्रियसभा सदस्य तुलसाकुमारी दाहालले राष्ट्रिय परिचयपत्रलाई स्थानीय तहबाटै अभिलेख गर्ने गरी सहज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।

सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गराउने भनिरहँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने र अपांगता भएका नागरिकलाई समस्या परेको उनले उल्लेख गरिन् । उनले राष्ट्रिय परिचयपत्र वडा तहबाटै वितरण गर्ने गरी व्यवस्था गर्न आवश्यक रहेकामा जोड दिइन् ।

छोरीहरूलाई गर्भबाट जन्मन नदिने स्थितिको अन्त्य गर्न आवश्यक रहेको उनले बताइन् । न्युज एजेन्सी नेपाल

प्रचलन खबर

धेरै टिप्पणी गरिएका