जोडिनुहोस
  • होमपेज
  • कोपा अमेरिका : उरुग्वेको विजयी सुरुवात

कोपा अमेरिका : उरुग्वेको विजयी सुरुवात

काठमाडौं– कोपा अमेरिका फुटबलमा उरुग्वेले विजयी सुरुवात गरेको छ । आज बिहान भएको समूह ‘सी’ को खेलमा पानामालाई ३–१ गोलले हराउँदै उरुग्वेले सुखद सुरुवात गरेको हो ।

उरुग्वेका लागि म्याक्सिमिलिआनो अरौजो, डार्विन नुनेज र माटिआस भिनाले एक–एक गोल गरेका थिए । यस्तै, पानामाका माइकल मुरिलोले एक गोल फर्काएका थिए । उरुग्वेका आरौजोले खेलको १६औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । यस्तै, ८५औँ मिनेटमा डार्विनले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । यसैगरी, दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा माटिआसले गोल गरेपछि उरुग्वे ३–० गोलले अगाडी बढ्यो ।

त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा पानामाका माइकलले गोल गरेपछि खेल ३–१ मा सकिएको थियो । यो जितसँगै उरुग्वे ३ अंकसहित समूहको शीर्षस्थानमा छ । ३ अंक नै भएको अमेरिका गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । पराजित भएको पानामा अंकविहीन छ ।

धेरै टिप्पणी गरिएका