जोडिनुहोस
  • होमपेज
  • भारतमा कृषि उत्पादन बढ्ने आरबीआईको अनुमान

भारतमा कृषि उत्पादन बढ्ने आरबीआईको अनुमान

काठमाडौं– भारतको केन्द्रीय बैंकले अपेक्षित समयभन्दा अगावै मनसुनी वर्षा भएसँगै कृषि उत्पादनमा वृद्धि हुने प्रक्षेपण गरेको छ ।

मासिक बुलेटिन जारी गर्दै रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले मनसुनी वर्षाका कारण कृषि उत्पादनमा वृद्धि हुने जनाएको हो । उक्त बुलेटिनमा आरबीआईले मुख्य मुद्रास्फीति दर क्रमशः घट्दै गएको उल्लेख गरेको छ । यद्यपि मुद्रास्फीति अझै तल झर्ने थप चुनौति रहेको पनि आरबीआईको बुलेटिनमा जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको आन्तरिक मागमा पनि सुधार हुँदै गएको छ । अर्थतन्त्रमा कोरोना भाइरस महामारीको प्रभाव विस्तारै घटिरहेका बेला मागमा पनि क्रमशः सुधार आएको आरबीआईले उल्लेख गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका