जोडिनुहोस
  • होमपेज
  • निलम्बित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवा, विशेष पद सिर्जना

निलम्बित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवा, विशेष पद सिर्जना

काठमाडौँ । सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । शर्माले अर्यालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकाले प्रचलित कानूनबमोजिम निज स्वतः पदबाट निलम्वन भएको पनि बताइन् ।

उनले भनिन्, ‘नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानूनबमोजिम निज स्वतः निलम्वन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय भएको छ ।

यसैगरी श्रममन्त्री डीपी अर्यालले अर्याल स्वत: निलम्बित भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौला कामु मुख्य सचिवको भूमिकामा रहेको जानकारी दिए ।

धेरै टिप्पणी गरिएका