जोडिनुहोस
  • होमपेज
  • अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ

काठमाडौं । पौने ३ करोडको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-५ का ३० वर्षीय किपेश महर्जन छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

बेटिङ वेभसाइडका एप्लिकेशनहरुमा डिभाइस इन्सटल गरी उनले अनलाइन जुवा खेलाउँदै आएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

अनलाइन जुवा खेलाउन प्रयोग भएका ४ थान मोबाइलसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले २ करोड ७२ लाख ९० हजार २५० रुपैयाँ बराबरको जुवा लेखाइसकेको प्रहरीको दाबी छ । पक्राउ परेका महर्जनलाईलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

धेरै टिप्पणी गरिएका