जोडिनुहोस
  • होमपेज
  • राजदूत सिफारिसका लागि रास्वपाले बनायो मापदण्ड

राजदूत सिफारिसका लागि रास्वपाले बनायो मापदण्ड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कूटनीतिक क्षेत्रमा पार्टीबाट हुने सिफारिसका लागि मापदण्ड बनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोबिता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार गरेको हो ।

कूटनीतिक नियोगहरूका लागि रास्वपाबाट हुनसक्ने सिफारिस वा समन्वयका लागि मापदण्ड तयार गरिएको विभागका प्रमुख खनालले जानकारी गराए । पार्टीले तयार गरेको मापदण्डअनुसार १४ असारभित्र इच्छुकले आवदेन दिनसक्ने रास्वपाले जनाएको छ । आवदेनका लागि अनलाइनमार्फत आह्वान गरिएको छ । आवेदनअनुसार आकांक्षीहरूको रोस्टर तयार गरिने खनालले जानकारी गराए ।

सरकारले ११ देशबाट राजदूत फिर्ता गरेसँगै सत्ता पक्षले भागबन्डा गरेका थिए । रास्वपाको भागमा दुई राजदूत परेको छ । आठ देशका लागि भने राजदूत सिफारिस भइसकेको छ । इजरायल, कतार र पोर्चुगलको लागि राजदूत सिफारिस हुन बाँकी छ ।

धेरै टिप्पणी गरिएका