जोडिनुहोस
  • होमपेज
  • न्यून गुणस्तरको पाइएपछि आर्या फार्माको एन्टीबायोटिक बिक्रीमा रोक

न्यून गुणस्तरको पाइएपछि आर्या फार्माको एन्टीबायोटिक बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले एक नेपाली कम्पनीको सिरप बिक्रीमा रोक लगाएको छ । बाराको आर्या फार्माल्याब प्रालिबाट उत्पादित सुप्रामोक्स नामक एमोक्सिसिलिन सिरपको ब्याच नम्बर ‘एसएसएमडी ९०००४’ मा समस्या देखिएको हो ।

उक्त एन्टीबायोटिक सिरप राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षाणका क्रममा न्यून गुणस्तरीय पाइएको विभागले जनाएको छ । त्यो ब्याचको औषधि बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले कम्पनीलाई निर्देशन दिएको छ । उक्त औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ ।

हाल बजारमा रहेको उक्त औषधि फिर्ता गरी विवरण विभागमा बुझाउन उत्पादक कम्पनीलाई भनिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका