जोडिनुहोस
  • होमपेज
  • विराटनगर महानगरको बजेट तीन अर्ब ४९ करोड

विराटनगर महानगरको बजेट तीन अर्ब ४९ करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार बराबरको बजेट ल्याएको छ । महानगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न ल्याएको बजेट चालु आर्थिक वर्षको तुलनामा १३ करोडले बढी हो ।

सोमबार महानगरको १४औँ नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले अनुमानित आयव्यय प्रस्तुत गरेकी हुन् । आयतर्फ समानीकरण अनुदान संघीय सरकारबाट ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट दुई करोड ४९ लाख २९ हजार, राजस्व बाँडफाँटमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार १०२ रुपैयाँ, अन्तशुल्कबाट पाँच करोड ८५ लाख ४१ हजार २७९ रुपैयाँ अनुमान गरिएको छ । त्यस्तै, घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट ५६ करोड ७९, वन रोयल्टी पाँच लाख २८ हजार, सवारी साझा करबाट तीन करोड ८७ लाख एक हजार र मनोरञ्जन तथा विज्ञापन करवापत एक करोड, आन्तरिक आयतर्फ एक अर्ब १० करोड ८६ लाख ८५ हजार तथा नगद मौज्दात २५ करोड अनुमान गरिएको छ ।

यसैगरी संघीय सरकार ससर्त अनुदान ८० करोड ७७ लाख, विशेष अनुदान सात करोड ५० लाख, समपूरक अनुदान एक करोड १० लाख, प्रदेश सरकार ससर्त अनुदानतर्फ तीन करोड ९० लाख ४३ हजार र प्रदेश सरकार समपूरक अनुदान दुई करोड गरी कुल तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार हुने प्रस्तावित अनुदान सभामा पेस गरिएको हो ।

मर्मत सम्भार तर्कका लागि १० करोड तथा भारी सवारी साधन खरिदका लागि दुई करोड बजेट विनियोजन भएको उपमेयर कार्कीले बताइन् । शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड ७८ लाख एक हजार, स्वास्थ्य सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड लाख ९३ हजार, महिलालक्षित कार्यक्रमतर्फ ९९ लाख ५७ रुपैयाँ व्यय हुने अनुमान गरिएको छ ।

महानगरले युवा विकास कार्यक्रम, रोजगार प्रवर्द्धन कार्यक्रम, आर्थिक अपांगता क्षमता विकास कार्यक्रम, कृषि विकास, पशुपंक्षी तथा भेटेनरी, सहकारी, उद्यमशीलता विकास, उपभोक्ता हित संरक्षण लगायतका कार्यक्रम पनि बजेटमा समेटेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका