जोडिनुहोस
  • होमपेज
  • बालेनलाई वडाध्यक्षको चुनौती : गल्ती गरे रामराम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन

बालेनलाई वडाध्यक्षको चुनौती : गल्ती गरे रामराम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ का वडाध्यक्ष नवराज पराजुलीले मेयर बालेन साहको कमजोरीलाई काँध थाप्न नसकिने बताएका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले भने, ‘हामीले स्वतन्त्र मेयर भनेर कहिले अन्यथा सोचेका छैनौं, राम्रो काम गर्दा साथ दिएका छौं तर कमजोरी सच्याउन मान्नुभएन भने रामराम भन्न सकिन्छ तर काँध थाप्न सकिनँ ।’

पराजुलीले २ असारमा नीति तथा कार्यक्रमको छलफलमा बालेनले छलफल स्थगित गरेर तीन राजनीतिक दलको गुटबन्दी भन्दै सामाजिक सञ्जालमा लेखेको स्टाटसप्रति दुखेसो पोखेका हुन् ।

‘हामी जनताबाट निर्वाचित भएका हौं, अधिनायकवाद विरुद्ध लडेर आएका हौं । तर स्टाटसमा हामीलाई निरंकुश भन्नुभयो । तर हामी कसरी अराजक हुन सक्छौं ? हामी मिलेर जान चाहन्छौं,’पराजुलीले भने । मेयर साहप्रति इंगित गर्दै उनले नेताहरूलाई व्यक्ति विशेष तोकेर स्टाटस हाल्दा मर्यादाको पनि ख्याल गर्नुपर्ने बताए ।

धेरै टिप्पणी गरिएका