जोडिनुहोस
  • होमपेज
  • अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन टोली गठन भइसकेको छ : मन्त्री यादव

अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन टोली गठन भइसकेको छ : मन्त्री यादव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

लामो समय लाइनमा बस्नुपर्ने बाध्यता नबनाउन मन्त्रालयमा उच्चस्तरीय टोली गठन भएर काम सुरु गरिएको उनले जानकारी गराए । सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा नजान विस्तारित सेवा केही संघीय अस्पतालमा लागु भइसकेको उनले बताए । अरू अस्पतालमा पनि यो सेवा लागु गरिने उनले सुनाए ।

उनले उपत्यकाका ठूला अस्पतालमा दुई ‘सिफ्ट’मा सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागु गर्नेलगायत कार्यक्रम अघि बढाइएको जानकारी गराए । मन्त्री यादवले मिर्गौलासम्बन्धी रोगमा चार लाख ५० हजार रुपैयाँसम्म सहुलियत प्रदान भइरहेको बताए ।

प्रतिनिधिसभामा उनको जवाफ पढ्नोस्–
हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि विस्तारित सेवा केही संघीय अस्पतालमा लागु भइसकेको छ । बाँकी लागु गर्ने क्रममा छौँ । केन्द्रीय अस्पतालमा स्वास्थ्य सेवाको लागि लामो समय कुर्नपर्ने अवस्था हटाउनको लागि मैले मन्त्रालय सम्हालेको सुरुदेखि नै प्राथमिकतामा राखेको छु । यसका लागि मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइसकेको र अध्ययन प्रारम्भ गरिसकेको जानकारी गराउँछु । उपत्यकाका ठूला अस्पतालहरूमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागु गर्नेलगायत कार्यक्रम अघि बढाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका