जोडिनुहोस
  • होमपेज
  • पुरानै तरिकाले सत्ता चलाएर भ्रष्टाचार नियन्त्रण हुँदैन : सांसद सुवेदी

पुरानै तरिकाले सत्ता चलाएर भ्रष्टाचार नियन्त्रण हुँदैन : सांसद सुवेदी

काठमाडौं । राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले पुरानै तरिकाले सत्ता चलाएर भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नरहेको बताएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद सुवेदीले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले राज्य सञ्चालनको पुरानो निरन्तरतालाई तोड्ने र नयाँ क्रमको सुरुआत गर्नुपर्ने बताए ।

“भ्रष्टाचार नियन्त्रण गर्न सरकारले राज्य सञ्चालनको पुरानो निरन्तरतालाई तोड्ने र नयाँ क्रमको सुरुआत गर्नुपर्छ । पुरानै तरिकाले सत्ता चलाएर अब भ्रष्टाचार नियन्त्रण गर्न सम्भव छैन । देशलाई समृद्ध र जनतालाई आत्मनिर्भर बनाउनु सरकारको प्रमुख कर्तव्य हो,” सांसद सुवेदीले भने ।

देशलाई समृद्ध र जनतालाई आत्मनिर्भर बनाउनु सरकारको प्रमुख कर्तव्य भएको बताउँदै उनले भ्रष्टाचार गरेर मात्र पैसा कमाउने सोच्नेले कसरी देश, जनताको काम गर्नसक्छ ? भन्दै प्रश्न गरे ।

“भ्रष्टाचार गरेर मात्र पैसा कमाउने सोच्नेले कसरी देश, जनताको काम गर्नसक्छ ? चाहे नेता होस्, चाहे कर्मचारी होस् । जसको दिमाग नै पैसा कमाउने, ब्रह्मलुट गर्नेमा मात्रै हुन्छ ? त्यसले कसरी देशको सेवा गर्नसक्छ ? त्यसले कसरी जनताको सेवा गर्नसक्छ । यो गम्भीर विषय हो,” उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका