जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीमाथि रमेश लेखकको व्यंग्य- हामीलाई जादुगर होइन, प्रधानमन्त्री चाहिएको छ

प्रधानमन्त्रीमाथि रमेश लेखकको व्यंग्य- हामीलाई जादुगर होइन, प्रधानमन्त्री चाहिएको छ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘राम्रो प्रधानमन्त्री नभई राम्रो जादुगर’ भएको भन्दै व्यङ्ग गरेका छन् ।

सोमबार स्वर्गीय नन्दप्रसाद सिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले एउटा कार्यक्रममा आफूसँग जादुयी सङ्ख्या रहेको भनेर गरेको टिप्पणीमाथि व्यङ्ग गर्दै प्रधानमन्त्री जादुगर भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीलेजीले यो मेरो सङ्ख्या होइन, जादु हो भनेर भनिराख्नु भएको छ । अब हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ । अब उहाँ राम्रो जादुगर भएर आउनु भएको छ । बडो विडम्बनामा हामीले बाँच्नु परिरहेको छ ।’

लेखकले राजनीतिक स्थिरता, समृद्धि, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको भन्दै वर्तमान राजनीतिक गतिविधि र अस्थिरतका कारण सबै ओझेलमा परेको बताए ।

उनले भने, ‘हामीले कतिपय चुनौतीहरू भोग्नु परेको छ । अहिले मुलुकमा स्थिरता, समृद्धिको कमी छ । मुलुकको उन्नति, दिगो शान्ति, विकास, सुशासन आजको आवश्यकता छ तर राजनीति गतिविधि र अस्थिरताले यी सबै कुराहरूलाई ओझेलमा राखेको छ । अझै कति दिन अस्थिरता व्यहोर्नु पर्ने हो भन्ने पनि थाहा छैन ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका