
निर्मला कुर्मी र सुमदरानी थारुको मृत्युको सम्बन्धमा विभिन्न मागहरू राखी अनसनरत रुबी खानले आमरण अनसन तोडेकी छिन् । सरकारी वार्ता टोलीसँग भएको पाँच बुँदे सहमति सँगै खानले १८ दिनदेखि जारी आमरण अनसन तोडेकी हुन् ।
गृहमन्त्री रवि लामिछानेले सोमबार जुस खुवाएर अनसन तोडाएका हुन् । मन्त्री लामिछानेकै निर्देशनमा गृह मन्त्रालयले उपसचिव एकदेव अधिकारीको संयोजकत्वमा तीन सदस्य रहेको टोली गठन गरिएको थियो । अधिकारी संयोजकत्वको टोलीका अन्य सदस्यहरूमा प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्ट र दिनेश न्यौपाने रहेका थिए ।