जोडिनुहोस
  • होमपेज
  • कोपा अमेरिका : ब्राजिल र कोस्टारिकाले खेले बराबरी

कोपा अमेरिका : ब्राजिल र कोस्टारिकाले खेले बराबरी

काठमाडौं– कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाले बराबरी खेलेका छन् । आज बिहान भएको समूह ‘डी’ अन्तर्गतको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

निर्धारित ९० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि दुवै टोली अंक बाँड्न बाध्य भएका थिए । यो बराबरीसँगै ब्राजिल र कोस्टारिका एक–एक अंकसहित समूहको दोस्रो र तेस्रो स्थानमा छन् ।

अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पाराग्वेसँग खेल्नेछ भने कोस्टारिकाले कोलम्बियासँग खेल्ने छ । आजै भएको समूहको पहिलो खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोलले हराएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका