जोडिनुहोस
  • होमपेज
  • नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

काठमाडौं– नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा बस्दैछ ।

बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुनेछ ।

बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका छन् । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि रहने छन् । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेशमन्त्री सुनले गर्ने छन् ।

उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी भोलि चीन प्रस्थान गर्नेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका