जोडिनुहोस
  • होमपेज
  • विपीन जोशीको रिहाइको पहल भइरहेको छ : प्रधानमन्त्री

विपीन जोशीको रिहाइको पहल भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको पहल भइरहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले जोशीका रिहाइका निम्ति सरकारले पहल गरिरहेको बताए ।

“इजरायल सरकार, मध्यस्तकर्ता कतार सरकार तथा दुवै पक्षका निकटस्थ छिमेकी देश गणतन्त्र इजिप्ट सरकारसँग समेत अनुरोध गर्दै औपचारिक र अनौपचारिक बैठकमा पहल भइरहेको छ,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीले अमेरिकाको भिसा पाउन समस्या भएका विषयमा आज बिहान मात्र अमेरिकी राजदूतसँग छलफल गरेको जानकारी दिए । सीमा समस्या समाधान गर्न आफ्नो भारत भ्रमणका क्रममा आग्रह गरिएको पनि उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका