जोडिनुहोस
  • होमपेज
  • चुच्चे नक्साको बारेमा भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको छु : प्रधानमन्त्री

चुच्चे नक्साको बारेमा भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारतबिचको सीमा विवाद दुई देशबिच रहेको द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने बताएका छन् । दाहालले जेठ १७ गते गरेको भारत भ्रमणका क्रममा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन कार्यान्वयन गर्ने बारेमा गम्भीर भएर सो विषय उठाएको बताएका हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री भने, ‘अझै पनि सरकारको समझदारीबाटै यो प्रतिवेदन बुझ्ने पहल भइरहेको छ ।’ यस्तै दाहालले चुच्चे नक्साको बारेमा समेत मोदीसँग कुरा गरेको र त्यसको सीमासम्बन्धी विषयमा द्विपक्षीय संयन्त्रमार्फत समस्या हल गर्नेमा जोड दिए ।

‘चुच्चे नक्साको त हामीले राष्ट्रिय सहमतिबाटै सम्मानित सदनबाट सर्वसम्मत रूपले नक्सा पारित गर्‍यौँ । सीमासम्बन्धी विषयमा पनि हामीसँग भएका द्विपक्षीय संयन्त्रमार्फत संवाद गर्नुपर्‍यो । यो पटक मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग त्यो विषय पनि छलफल गरेर संवादमार्फत टुङ्गाउन आग्रह गरेको छु । मलाई विश्वास छ सकारात्मक ढङ्गले यो समस्याको समाधानको पहल हुन्छ’ दाहालले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका