जोडिनुहोस
  • होमपेज
  • धनराजले भने– एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु

धनराजले भने– एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन् । भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताए ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटना कम हुने स्पष्ट पारे ।

भ्रष्ट प्रवृत्तिका मान्छेहरूलाई खादा र माला लगाएर कांग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने जिकिर गरे । वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन हुनुपर्नेमा जोड दिए । कहीँ कतै कसैले औंला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउन आवश्यक रहेको उनको भनाइ थियो ।

“हामीले देश चलाउँदै गर्दा कहीँ कतै कसैले औंला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउने हो । हिजोका दिनमा कसले केके गरे बिर्सिदिनुस् । तर, भोलिको दिनलाई कसैलाई पनि छुट हुँदैन, आगामी दिनमा कांग्रेस हुँ भन्ने मान्छेहरूले कहीँ, कतै कसैले अर्को पार्टीबाट औंला ठड्यायो भने त्यसलाई पार्टीभित्र ठाउँ दिनु हुँदैन । त्यो प्रण गरेर हामी अघि बढ्न आवश्यक छ,” उनले भने । उपसभापति गुरुङले राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको बताए । पदका लागि मात्रै सहअस्तित्व स्वीकार्ने र समन्वय गर्ने काम हुनु नहुने उल्लेख गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका