जोडिनुहोस
  • होमपेज
  • केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर

केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर

कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालत खारेज गरिदिएको छ ।

मंगलबार अन्तिम बहस सकिएपछि न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले उक्त रिट नै खारेज गरिदिएको हो । सर्वोच्चले रिट जारी हुने फैसला सुनाएमा मुख्यमन्त्रीको रूपमा केदार कार्की फर्किने सम्भावना थियो । तर रिट खारेज हुने फैसला आएकाले वर्तमान मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले निरन्तरता पाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका