जोडिनुहोस
  • होमपेज
  • बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित

बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित

विराटनगर । विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पसेपछि उडान अवतरण बन्द भएको छ ।

भारी बर्षापछि बास्ता खोलामा आएको बाढी विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा पसेको हो ।

बास्ताबाट ओभर फ्लो भएर आएको पानी ड्रेनबाट निकास भईरहेको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । पानी सुक्ने क्रममा रहेको र उडान अवतरणका लागि प्राविधिक जाँच गरेपछि विमानस्थल सञ्चालन हुने उनले बताए ।

विराटनगरमा मंगलबार बिहान ८ बजेर ४५ मिनेट देखि बुधबार बिहान ८ बजेर ४५ मिनेट सम्म २४ घण्टामा ३ सय ६१ मिलिमिटर पानी परेको थियो। जसको कारणले गर्दा अहिले विराटनगरका अधिकांश स्थान जलमग्न भएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका