जोडिनुहोस
  • होमपेज
  • एक लाख २६ हजार विद्यार्थीले कक्षा १० दोहोर्‍याउनुपर्ने

एक लाख २६ हजार विद्यार्थीले कक्षा १० दोहोर्‍याउनुपर्ने

काठमाडौं । एसईई २०८० को नतिजा सार्वजनिक भएसँगै एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने भएको छ ।

‘नन ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याएका छैनन् । उनीहरूले कक्षा १० दोहोर्‍याएर पढेर अर्को वर्ष मात्रै एसईई दिन पाउनेछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार दुईवटासम्म विषयमा नन ग्रेडेड हुने विद्यार्थी एक लाख १५ हजार ८३४ जना छन् । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् ।

ती विद्यार्थीले एक महिनापछि हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका