जोडिनुहोस
  • होमपेज
  • मन्त्री र सांसदहरूले समय दिन नसक्दा कानुन बन्न ढिला भयो : सभापति थापा

मन्त्री र सांसदहरूले समय दिन नसक्दा कानुन बन्न ढिला भयो : सभापति थापा

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले समितिले बोलाएको बैठकमा मन्त्री र सांसदहरू उपस्थित हुन नसक्दा कानुन निर्माणमा ढिलाइ भइरहेको बताएका छन् ।

बिहीबार बसेको समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक र नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सांसद र मन्त्रीलाई बैठकमा उपस्थित हुन आग्रह गरे । तर, समय छैन भन्दै टार्ने गरेकोमा आपत्ति जनाए । बैठक बोलाइसकेपछि समय छैन भनेर एक घण्टामै उठेर हिँड्दा समितिको बैठक बस्नका लागि कोरम नपुग्ने र त्यसले कानुन निर्माण गर्न समय लाग्ने गरेको उनको भनाइ थियो ।

समयसँगसँगै समितिमा आएका विधेयकहरूको छलफलका लागि प्राथमिकता दिन सांसदहरूसँग आग्रह गरे । विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गर्नू भन्ने पत्र समितिलाई पठाएको भन्दै मन्त्रालयको जिम्मेवारी बाहिरको कुरा भएको उल्लेख गरे ।

बैठक गर्ने, बैठक एक, दुई घण्टामा फुर्सद छैन भनेर हिँड्ने, कहिले बैठक गरेर कोरम नपुग्ने, कहिले मन्त्रीको फुर्सद नहुने गरेर कानुन बन्दैनन् । बैठक बोलायो कोरम पुग्दैन । एक घण्टा कुर्नपर्ने अवस्थाको सिर्जना भयो । समयलाई पनि ध्यान दिनुपर्छ र प्राथमिकता पनि दिनुपर्छ, उनले भने । उनले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षा विधेयकलाई संसद्मा पेस नगरेसम्म मन्त्रीको प्रस्ताव आए पनि आफू नजाने प्रतिबद्धता जनाए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका