जोडिनुहोस
  • होमपेज
  • विविध सांस्कृतिक प्रदर्शनीः EIMUN 2024 मा संस्कृति र कूटनीति संगै

विविध सांस्कृतिक प्रदर्शनीः EIMUN 2024 मा संस्कृति र कूटनीति संगै

यूथ थिन्कर्स सोसाइटी द्वारा आयोजित एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स (EIMUN) 2024 मा कूटनीति सङ्गै सांस्कृतिक प्रदर्शनी समेत प्रस्तुत गरिएको छ ।

सोमबार देखि काठमाडौँमा सुरु भएको एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्सको नवौँ संस्करण अन्तर्गत मङ्गलबार विभिन्न दश वटा देशबाट सहभागिता जनाउन काठमाडौँ आयका युवाहरूले आ-आफ्नो देशको सस्कृती झल्कने गरी प्रस्तुति प्रदर्शन गरेका थिए ।

सोमबार देखि सुरु भएको यो सम्मेलन शुक्रवार सम्म चाल्ने छ । यस सम्मेलनमा १० देशका २०० भन्दा बढी युवा प्रतिनिधिहरू सहभागी भएका छन् । विविध संस्कृतिहरू, भाषाहरू, परम्पराहरू र इतिहासहरूको पर्व प्रकाश पार्दै, “ग्लोबल विलेज” नामक कार्यक्रमको खण्डमा १० देशका युवाहरूले सांस्कृतिक प्रदर्शन गरेका हुन ।
आफ्ना मातृभूमिलाई प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले परम्परागत सङ्गीत र नृत्य प्रस्तुत थिए ।

सांस्कृतिक साँझमा नेपालको शान्त ‘कुमारी नृत्य’ र श्रीलङ्काको मोहक नृत्यबाट सुरु गरिएको थियो । भारतका प्रतिनिधिले आफ्नो नृत्य मार्फत प्राचीन सांस्कृतिक खजाना प्रस्तुत गरे । अन्य देशका प्रतिनिधिहरू आ-आफ्नो देशको सांस्कृतिक पोसाकमा सजिएर गर्व र शालीनताका साथ आफ्ना राष्ट्रिय झन्डाहरू फहराएका थिए । परम्परागत प्रदर्शनहरूले EIMUN लाई कूटनीति मात्र नभई सांस्कृतिक आदानप्रदान मार्फत पनि युवाहरूलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलेको यूथ थिन्कर्स सोसाइटीका संस्थापक चेवन राईको भनाई छ ।

यूथ थिन्कर्स सोसाइटी (YTS) द्वारा नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा आयोजित यो पाँच दिने सम्मेलनले युवाहरूलाई मानवीय सुरक्षा सङ्कट र साइबर खतराहरू, राजनीतिक क्षेत्रमा महिलाको सहभागिता, डिजिटल गलत सूचना, कृषि जैविक विविधता संरक्षण, दिगो ऊर्जा र पानी व्यवस्थापन जस्ता विश्वव्यापी समस्याहरूको सामना र समाधान गर्न सशक्त बनाउने उद्देश्य राखेको छ। सम्मेलनमा बङ्गलादेश, भारत, जापान, सुडान, काजकिस्तान, किर्गिस्तान, नेपाल, म्यानमार, पाकिस्तान, र श्रीलङ्का जस्ता देशका युवाहरुको सहभागिता रहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका