जोडिनुहोस
  • होमपेज
  • म्यान्मारमा सेना हारनजिक पुग्दा भारत र चीनको भूमिका निर्णायक

म्यान्मारमा सेना हारनजिक पुग्दा भारत र चीनको भूमिका निर्णायक

एजेन्सी : म्यान्मारमा चलिरहेकव गृहयुद्धमा अब सत्तारूढ सेना हारनजिक पुग्न थालेको छ ।
विद्रोहीहरूले चीन र भारत दुवैतर्फको सीमाक्षेत्र आफ्नो कब्जामा पारेका छन् । युद्धका कारण हजारौँको संख्यामा मानिसहरू भारतमा शरणार्थी हु्न विवश भएका छन् ।
म्यान्मारको युद्धका कारण निम्तिएको अस्थिरताले भारतमा हतियार र मादक पदार्थको तस्करी बढेको छ ।

म्यान्मारमा युद्ध भीषण बन्दै गर्दा चीनले आफ्नो पकड बढाउँदै लगेको छ । चीनले म्यान्मारको सैन्‍य जुन्टा र विद्रोही दुवै पक्षलाई हतियार दिइरहेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

यसका कारण तनाव लगातार बढिरहेको छ । उता भारतले पनि सैन्‍य जुन्टालाई सहयोग दिइरहेको छ । यस्तोमा भारतीय विदेश मन्त्री एस जयशंकरले खुलेर म्यान्मारमा लोकन्त्र बहालीका लागि भारत हरेक किसिमको सहयोगका लागि तयार रहेको बताएका छन् ।

एस जयशंकरले म्यान्मारका उपप्रधानमन्त्री थान श्‍वेसँग नयाँ दिल्‍ली भएको वार्ताका क्रममा बुधबार त्यहाँको हिंसा र अस्थिरताप्रति गहिरो चिन्ता जनाएका छन् । जयशंकरले म्यान्मारबाट भारतमा हतियार र लागुऔषधको तस्करीको खतराप्रति थान श्‍वेलाई सचेत गराएका छन् ।

थान श्‍वे म्यान्मार जाने क्रममा दिल्लीमा रोकिएका थिए । त्यही क्रममा जयशंकरसँग वार्ता भएको हो । म्यान्मारमा फेब्रुअरी २०११ मा सैन्‍य शासन आएपछि पहिलो पटक सैन्‍य जुन्टाका कुनै वरिष्‍ठ पदाधिकारीले भारत यात्रा गरेका हुन् ।

म्यान्मारमा सैन्‍य कू भएपछि पश्चिमी देशहरूले सैन्‍य जुन्टामाथि कयौँ किसिमका प्रतिबन्ध र नाकाबन्दी लगाएका छन् ।

भारतीय विदेश मन्त्रीले उक्त भेटबारे एक्समा लेखेका छन् । ‘म्यान्मारका उपप्रधानमन्त्री-सह-विदेश मन्त्री यु थान श्वे आज नयीँ दिल्लीबाट गइरहनु भएको थियो । यस क्रममा हाम्रो भेटवार्ता भयो । यस क्रममा हाम्रो सीमासँगै चलिरहेको हिंसा र अस्थिरताको प्रभावलाई लिएर हामीले गहिरो चिन्ता जनाएका छौँ । भारत यस स्थितिको सामना गर्न सबैसँग मिलेर काम गर्न तयार छ । मैले अहिलेका चुनौतीबारे पनि कुरा उठाएँ’, उनले भनेका छन्, ‘खासरुपमा अवैध मादक पदार्थ, हतियार तस्करी र मानव तस्करीको मुद्दा उठाएको छु । म्यावाडीमा फसेका भारतीय नागरिकलाई यथाशीघ्र फिर्तीका लागि सहयोग मागेको छु । म्यान्मारमा चलिरहेको हाम्रो परियोजनाका लागि विश्वसनीय सुरक्षाको कुरा भएको छ । म्यान्मारलाई लोकतान्त्रिक परिवर्तनको बाटोतर्फ शीघ्र फर्काउन आग्रह गरेको छु । भारत यसमा कुनै पनि किसिमको मद्दत गर्न तयार छ।’

म्यान्मारमा पछिल्ला केही महिनामा सैन्य जुन्टा सरकारलाई नमिठो हारको सामना गर्नुपरिरहेको छ । विद्रोही गुट ‘अपरेशन १०२७’ चलाइरहेका छन् । यी समूहले साना-साना मिलिसियालाई साथमा लिएर भारत, चीन र बंगलादेशसँगको व्‍यापारका लगभग सबै मुख्‍य व्‍यापार मार्ग कब्जा गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका