जोडिनुहोस
  • होमपेज
  • असारे विकास गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा सांसद पौडेलको जोड

असारे विकास गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा सांसद पौडेलको जोड

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले आर्थिक वर्ष सकिने बेलामा असार महिनामा मात्रै विकास निर्माणको काम सम्पन्न गर्ने प्रवृत्ति रहेको बताएका हुन् । उनले अघिपछि बिस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फस्र्यौटका लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

पौडेलले यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरुलाई ध्यानाकर्षण गराए । सांसद पौडेलले विपद् पूर्वतयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गरे । उनले राजनीतिक दलका कार्याकर्ताहरुलाई पनि विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्ने बताए ।

उनले भने, ‘असारे विकासको चर्चा दिनहुँ चल्ने गर्छ । अहिले बजेट पास हुने र अर्को सालको असारमा काम गर्ने र निर्माणका कामहरु, निर्माण व्यवसायीले पैसा नपाएको गुनासो गर्दै हिँड्ने र सम्बन्धित शीर्षकमा विनियोजन भएको बजेटको राम्रो भएपनि नराम्रो भएपनि छिटोभन्दा छिटो काम सम्पादन गरेर बिल फछ्र्यौट गर्नुपर्ने यो प्रणालीको अन्त्य गर्नको निम्ति सम्बन्धित मन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले दुध र उखु किसानहरुको पैसा तत्काल भुक्तानी गर्न पनि सरकारलाई आग्रह गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका